कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

गाउँका आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) र टिसर्ट वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला, १९ वैशाखः जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

अमेरिका बस्दै आउनुभएका विष्टले यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा रहेको कालिका आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको महादेव विद्यालयका प्रधानाध्यापक सरिता रावतले जानकारी दिनुभयो ।

प्रायः गाउँका निम्न आय स्रोत भएका बच्चाहरू पढ्ने गर्छन् । विदेशमा कमाएको पैसा बचत गरी केही राहत होस् भनेर गाउँका आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) र टिसर्ट वितरण गरिएको समाजसेवी अम्मर विष्टले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने उद्देश्यले आफूले यहाँका दुईवटा विद्यालयमा पोसाक प्रदान गरेको युवा समाजसेवी विष्टले बताउनुभयो ।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थीबीच पोसाकले एकरूपता ल्याउने महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाको भनाइ छ । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोसाकले मद्दत पुग्ने वडाध्यक्ष जङ्गबहादुर बस्नेतले बताउनुभयो ।

वडाध्यक्ष बस्नेतले भन्नुभयो, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ ।” उहाँका अनुसार विद्यार्थीलाई पोसाकको कारण अब असहज हुने छैन । वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गर्दे आएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया