जनकपुर । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।
सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दिएका थिए ।
जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत मात्रै पाए ।
यसअघि एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल पद अनुकूल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त भएपछि नयाँ सभामुख चयन गरिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया