श्रावण १८, २०८३ सोमबार August 3, 2026

पाटनले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने

नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दशरथचन्द (बैतडी), ६ पुसः एचआइभी सङ्क्रमितलाई पाटन नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको छ । नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र हाल ३६ एचआइभी सङ्क्रमित छन् । सो बजेटबाट सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराइने उहाँले बताउनुयभो ।

“आर्थिक वर्ष २०७९-८० देखि एचआइभी संक्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै छ”, उहाँले भन्नुभयो, “यसैको निरन्तरताका लागि हामीले चालु आवमा पनि रु एक लाख विनियोजन गरेका छाँै ।”

आव २०८०÷८१ मा पोषण खर्चबापत प्रतिव्यक्त रु ६ हजारका दरले रकम उपलब्ध गराइएको थियो । गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई पोषणयुक्त खानेकुराको अभाव हुन नदिने उद्देश्यले नगरपालिकाले उनीहरुलाई पोषण खर्च उपलब्ध गराउन लागेको नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया