कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चितवनको सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उहाँले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराउनुभयो । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ । पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताउनुभयो । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उहाँको भनाइ थियो ।

भविष्यमा हात्ती पालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवका कारण पर्यटकको सङ्ख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।

विसं २०५५ देखि सुरु भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको मुख्यमन्त्री बानियाको धारणा थियो ।

सौराहाको बाघमारा चौरमा आजदेखि तीन दिनसम्म १९ औँ संस्करणको हात्ती महोत्सव सुरु भएको हो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।

महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुट आउट, हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा
२०८३ कार्तिक २४, मंगलबार