काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते घटेका घटनासम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा आज बयान दिन उपस्थित हुँदै हुनुहुन्छ । आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने उद्देश्यले लेखक मध्यान्ह १२ बजे आयोगको कार्यालय जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ती घटनाहरू संवेदनशील प्रकृतिका भएकाले त्यसको पृष्ठभूमि, निर्णय प्रक्रिया तथा यथार्थ विवरणबारे आफ्नो तर्फबाट आवश्यक जानकारी आयोगसमक्ष प्रस्तुत गर्न लेखक आयोगको कार्यालय जान लाग्नुभएको हो ।
भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिन गर्दै सत्य तथ्य सार्वजनिक गर्न गठित आयोगले सम्बन्धित राजनीतिक नेतृत्व, प्रशासनिक अधिकारी तथा सरोकारवालाहरूसँग क्रमशः बयान लिँदै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया