मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

माली र बुर्किना फासो दुवै देशमा तीव्र गतिमा फैलिएका सशस्त्र समूहलाई नियन्त्रण गर्न संघर्षरत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बामाको (माली), पुस १६ गते । माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

दुवै पश्चिम अफ्रिकी देशका विदेशमन्त्रीले छुट्टाछुट्टै बयानमार्फत यस घोषणाको जानकारी दिएका छन् । यसले पश्चिम अफ्रिकी सैन्य सरकार र अमेरिकी प्रशासनबिचको चिसो सम्बन्धमा नयाँ मोड ल्याएको छ । डिसेम्बर १६ मा राष्ट्रपति ट्रम्पले माली, बुर्किना फासो, नाइजर लगायत २० बढी देशमा आफ्नो अघिल्लो यात्रा प्रतिबन्ध विस्तार गर्नु भएको थियो ।

यस निर्णयलाई जुन्ताद्वारा सञ्चालित सशस्त्र सङ्गठन र पश्चिम अफ्रिकी राज्यको आर्थिक समुदायबाट अलग भएको सङ्घ निर्माणसँग सम्बन्धित रहेको बताइएको छ । मालीको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “पारस्परिकताको सिद्धान्तअनुसार तत्काल प्रभावबाट अमेरिकी नागरिकमा मालीका नागरिकमाथि लागेका समान सर्त र आवश्यकता लागु गरिने छ ।”बुर्किना फासोका विदेशमन्त्री कारामोको जीन-मेरी ट्राओरेद्वारा हस्ताक्षरित बयानमा पनि समान कारणले अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय स्पष्ट गरिएको छ ।

ह्वाइट हाउसले सशस्त्र समूहद्वारा भइरहेका निरन्तर आक्रमणलाई यात्रा प्रतिबन्धको कारणको रूपमा उल्लेख गरेको छ । माली र बुर्किना फासो दुवै देशमा तीव्र गतिमा फैलिएका सशस्त्र समूहलाई नियन्त्रण गर्न संघर्षरत छन् । यस क्षेत्रको असुरक्षाले नागरिक सरकारलाई अपदस्थ गराएको र जुन्ताले सशस्त्र समूहसँग लड्ने वाचा गरेको उल्लेख विज्ञप्तिमा गरिएको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार