काठमाडौं, पुस २२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताए । उनका अनुसार क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी, कान्छा कोहार र क्षेत्र नं २ बाट दीपक गुरुङको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, क्षेत्र नं ३ बाट कैलाश गुरुङ, निलम यादव, सियाराम यादव, ४ बाट रामअवतार यादव तथा क्षेत्र नं ५ बाट मोहम्मद वाहीद फकिर, निधिलाल केवट, गोविन्द कोहार र राजकुमार लोधको नाम सिफारिस गरिएको जसपा नेपाल जिल्ला समितिले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया