माघ ६, २०८२ मंगलबार January 20, 2026

राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्सनको बिदाइ भेट

नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रवत् सम्बन्ध सुदृढ गर्न राजदूत थम्सनले पुर्‍याएको योगदानको राष्ट्रपतिबाट सराहना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले आज राष्ट्रपति भवन शीतल निवासमा बिदाइ भेट गर्नुभएको छ।

भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा हितका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। दुई देशबीच लामो समयदेखि रहँदै आएको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।

राष्ट्रपति पौडेलले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रवत् सम्बन्ध सुदृढ गर्न राजदूत थम्सनले पुर्‍याएको योगदानको सराहना गर्नुभएको छ। उहाँले राजदूत थम्सनको भावी कार्यकाल तथा व्यक्तिगत जीवनका लागि सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया