फागुण ६, २०८२ बुधबार February 18, 2026

शाओमीको रेड्मी नोट १५ सिरिज सार्वजनिक, एआई फिचर, शक्तिशाली ब्याट्री र फ्ल्यागशिप डिजाइन

रेड्मी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ ।

यस सिरिजमा चारवटा मोडेलहरू रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।

यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ । जसमा १०% एसआईसी सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।

रेड्मी नोट सिरिजमा पहिलोपटक आईसी ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ ।
सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८०% वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।

यस डिभाइसले आईपी ६६, आईपी ६८, आईपी ६९, आईपी ६९ के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ । कोर्निंग गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ ।

स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पीच रिकग्निसन, र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी १ एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ । रेड्मी नोट प्रो+ ५जीमा २०० एमपी प्राइमरी क्यामेरा छ जसमा २ एक्स र ४ एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर छ ।

यसमा विश्वभर पहिलो पटक २०० एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ ।

यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६.८३–इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ, र दुअल स्पिकरहरूले ४००% भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ ।

कनेक्टिभिटीको लागि, प्रो मोडेलहरूमा फ्ल्यागशिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ । रेड्मी नोट १५ प्रो+ ५जी मा शाओमी सर्ज टी१एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ®, जीपीएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रङमा उपलब्ध छ ।

रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० एमपी क्यामेरा सिस्टम र आईपी ६६, आईपी ६८, आईपी ६९, आईपी ६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि (लगभग छ वर्ष) ८०% क्षमता कायम राख्छ र ४५डब्लू मा चार्ज हुन्छ । एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टुलहरू छन् ।

६.८३–इन्चको डिस्प्ले प्रो+ को जस्तै छ, कोर्निंग गोरिल्ला ग्लास विक्टस २ सुरक्षा र ४००% भोल्युम–बूस्टेड दुअल स्पिकर्स सहित छ । यस मोडेलमा शाओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्छ । यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्ट पर्पल रङमा उपलब्ध छ ।

रेड्मी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणा इन–सेन्सर जुम र ओआईएस दिन्छ, र पातलो भए पनि आईपी६६ वाटर रेजिस्टेन्स कायम छ ।

स्न्यापड्रागन ६ जेन ३ मा चल्ने यो यन्त्रमा ४५ वाट चार्जिङ छ र ६.७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निट पिक ब्राइटनेस दिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार