काठमाडौं । कुलमान घिसिङको राजीनामापछि रिक्त बनेका तीन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ कार्यभार तोक्नुभएको हो।
राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माधवप्रसाद चौलागाईँलाई र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई दिइएको छ।
घिसिङको राजीनामापछि उत्पन्न रिक्ततालाई व्यवस्थापन गर्दै मन्त्रालयको कामकारबाहीमा निरन्तरता दिनका लागि कार्यभार तोकिएको शीतल निवासले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया