असोज २४, २०८३ शनिबार October 10, 2026

तीन मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीलाई

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीलाई तोक्नुभएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आ–आफ्नो पदबाट राजीनामा दिएपछि ती मन्त्रालयहरू नेतृत्वविहीन बनेका थिए। उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नुभएको हो।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित मन्त्रीहरूले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी राष्ट्रपतिबाट कार्यभार तोकिएको छ।”

प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा कार्यभार सम्हाल्दै मन्त्रालयका नियमित कामलाई निरन्तरता दिन निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार