मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सुडानमा दुई करोड भन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ

९३ लाख मानिस देशभित्रै विस्थापित भएको र ४३ लाख भन्दा बढी सीमा पार भागेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेनेभा, पुस २६ गते । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।

पत्रकारसँगको नियमित साक्षातकारमा बोल्दै लार्केले सुडानमा करिब तीन करोड ४० लाख मानिसलाई अहिले मानवीय सहायताको आवश्यकता रहेको उल्लेख गर्दै सुडानको सम्पूर्ण क्षेत्रमा सङ्कट फैलिएको जनाउनु भएको छ । उहाँले सुडानले विश्वको सबैभन्दा ठुलो विस्थापन सङ्कटको सामना गरिरहेको कुरामा जोड दिदै ९३ लाख मानिस देशभित्रै विस्थापित भएको र ४३ लाख भन्दा बढी सीमा पार भागेको बताउनु भएको छ ।

ओसिएइचएका अनुसार एल फासेर र काडुगलीमा अनिकालको पुष्टि भएको छ र कम्तिमा २० अन्य क्षेत्र जोखिममा छन् । हाल देशभरि दुई  करोड १० लाखभन्दा बढी मानिस तीव्र रूपमा खाद्य असुरक्षामा रहेको अनुमान गरिएको लेर्केले उल्लेख गर्नुभयो ।

महिला तथा बालबालिकाले सबैभन्दा ठुलो बोझ झेलिरहेको बताउदै । महिला-नेतृत्व भएका परिवारले खानाको लागि पर्याप्त नभएको उल्लेख गर्दै भोकमरी बढ्दै गइरहेको उल्लेख गर्नु भएको छ । लार्केले संयुक्त राष्ट्रले स्थायी शान्तिका साथै अन्तर्राष्ट्रिय मानवीय कानूनको कडा पालनाका लागि वास्तविक कदम चाल्न आग्रह गरिरहेको बताउनु भएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया