बैसाख १९, २०८३ शनिबार May 2, 2026

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संसदमा प्रस्तुत विधेयकहरूलाई थप परिमार्जन र प्रभावकारी बनाउन दफावार छलफल गर्दै विधायन समिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

समितिको बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल हुने मुख्य कार्यसूची रहेको छ । यसका साथै विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।

समितिले बैठकमा समितिका माननीय सदस्यहरू तथा सम्बन्धित सबै सरोकारवालाहरूको उपस्थितिका लागि अनुरोध गरेको छ । विधायन व्यवस्थापन समितिले संसदमा प्रस्तुत विधेयकहरूलाई थप परिमार्जन र प्रभावकारी बनाउन दफावार छलफल गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया