मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अफगान प्रहरीद्वारा दुई बालकको उद्धार, अपहरणकर्ता पक्राउ

दुवै कथित अपहरणकर्ताहरूलाई प्रारम्भिक अनुसन्धान पूरा भए पछि न्यायपालिकामा हस्तान्तरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काबुल, २७पुस (रासस/सिन्ह्वा) : अफगान प्रहरीले सोमबार उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा दुई अपहरणकर्ताहरू लुकेको ठाउँमा छापा मारी दुई जना बच्चाहरूलाई उनीहरूको कब्जाबाट उद्धार गरेको प्रान्तीय प्रहरी प्रवक्ता नकीबुल्लाह अलाम्यारले बताउनु भएको छ ।

एक गुप्तचर सूचनाको आधारमा प्रहरीले शंकमस्पद क्षेत्रमा अपरेसन सुरु गरी दुई अपहरणकर्ताहरूलाई पक्राउ गरी दुई उनीहरुले अपहरण गरेका बच्चाहरू फेला पारी उद्धार गरेको उहाँले बताउनु भएको छ ।

थप विवरण नदिई, प्रहरी अधिकारीले दुवै कथित अपहरणकर्ताहरूलाई प्रारम्भिक अनुसन्धान पूरा भए पछि न्यायपालिकामा हस्तान्तरण गरिने बताउनु भएको छ ।

पछिल्लो समयमा अपराध दर धेरै हदसम्म घटाइएको जनाइउको छ भने युद्धपछिको अफगानिस्तानमा शान्ति पुनस्र्थापित भएको उल्लेख गरिएको छ । यद्दपी आपराधिक तत्त्वहरूले अझै पनि आर्थिक रूपमा गरिब देशमा फिरौतीका लागि धनी परिवारका सदस्यहरूलाई अपहरण गर्ने गर्ने गरेको उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया