पुष २९, २०८२ मंगलबार January 13, 2026

कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।

मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भन्नुभयो ।

उहाँले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार