श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

महाधिवेशनका एजेन्डा, भावी रणनीति तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दोस्रो विशेष महाधिवेशनको बीचमै नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्दैछ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन जारी रहँदै गर्दा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति, नेतृत्व र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

महाधिवेशनकै बीचमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका एजेन्डा, भावी रणनीति तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया