श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधवले प्रसाईँसँग लिए शपथ

नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यलाई प्रचण्डले शपथ गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले शपथ लिएका छन् । संयोजक प्रचण्ड र सहसंयोजक नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँढामा आयोजित उक्त कार्यक्रमा केन्द्रीय सदस्यहरुले पनि शपथ लिएका छन् । केन्द्रीय सदस्यहरुलाई संयोजक प्रचण्डले शपथ गराएका छन् ।

केन्द्रीय समितिमा तत्कालीन माओवादी केन्द्रबाट ६० प्रतिशत सदस्यहरु समावेश गरिएको छ । बाँकी ४० प्रतिशतभने तत्कालीन एकीकृत समाजवादीसहित एकता प्रक्रियामा आएका १७ राजनीतिक दल रहेका छन् । नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यलाई प्रचण्डले शपथ गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया