पुष २९, २०८२ मंगलबार January 13, 2026

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमाः महासचिव पोखरेल

आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ ।

बागमती प्रदेश सङ्गठन कमिटीले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताउनुभयो ।

उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो । “हामी धेरै गतिविधि गर्दैछौँ । मुख्य कुरा जनताको घर घरमा पुगेर संवाद गर्नु हो, तर त्यो हामीले अहिलेसम्म गर्न सकेका छैनौँ । त्यो हाम्रो कमजोरी हो” उहाँले भन्नुभयो, “पहिले हामी हरेक व्यक्तिका घर घर पुगेर संवाद गथ्र्यौँ । एमाले बनाउन मेहनत गथ्र्यौँ । तर पछिल्लो समय हामी उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ ।”

महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको बताउनुभयो । “चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने छ । त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक छ” उहाँले भन्नुभयो ।

कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान सुरु गरेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार