काठमाडौँ, २८ पुसः जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा शिवलाल थापा मगर संयोजकत्वको जनता समाजवादी पार्टी र मनिष लिम्बूको अध्यक्षतामा रहेको लिम्बूवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको हो ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र लिुम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष लिम्बू र जनता समाजवादी पार्टीका उपाध्यक्ष मगरले एकतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
एकता घोषणा कार्यक्रममा संजोजक दाहालले नेकपा मुलुकको पहिलो शक्ति बन्ने अभियानका साथ अघि बढिरहेको बताउनुभयो । वामपन्थी शक्तिको एकताबाट मात्रै समाजवादको यात्रा अघि बढाउन सकिने उहाँको भनाइ थियो ।
सहसंयोजक नेपालले विगतका कमिकमजोरीलाई स्वीकार्दै जनआकाङ्क्षालाई सर्वोपरि राखेर अघि बढ्ने सङ्कल्प राखेकाले देशव्यापीरूपमा नेकपाको लहर चलेको बताउनुभयो । “यो पार्टीको इमान्दारिता, निष्ठा र समर्पणलाई विश्वास गरेर धेरैभन्दा धेरै जनसमुदाय नेकपाप्रति आकर्षित भइरहनुभएको छ”, उहाँले भन्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया