पुष २९, २०८२ मंगलबार January 13, 2026

नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ लिँदै

विभिन्न समूह तथा धारबाट एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूलाई आजै जिम्मेवारी दिइदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस २९ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले आज औपचारिक रूपमा शपथ ग्रहण गर्दै छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार पछिल्लो समय विभिन्न समूह तथा धारबाट एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूलाई आज शपथ गराउन लागिएको हो। शपथपछि उनीहरूले पार्टीको केन्द्रीय समितिमा औपचारिक जिम्मेवारी सम्हाल्नेछन्।

पार्टी एकतालाई सुदृढ बनाउने तथा संगठनात्मक संरचनालाई पूर्णता दिने उद्देश्यका साथ केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम आयोजना गरिएको नेकपाले जनाएको छ। शपथ ग्रहण कार्यक्रमपछि पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा समसामयिक राजनीतिक परिस्थितिबारे समेत आन्तरिक छलफल हुने बताइएको छ।

नेकपाले हाल पार्टी एकता सुदृढीकरण, जनसंगठन परिचालन र आगामी राजनीतिक गतिविधिमा सक्रियता बढाउने तयारी गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार