चौतारा (सिन्धुपाल्चोक), २९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ ।
राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाका अनुसार नौ गाउँपालिका र तीन नगरपालिकामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट मेलम्ची नगरमा रामशरण महरा, चौतारा साँगाचोकगढी नगरमा शेरबहादुर ठकुरी, बाह्रबिसे नगरमा श्याम भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी, पाँचपोखरी गाउँ कार्यसमितिको अध्यक्षमा नातिकाजी सापकोटा, सुनकोशीमा सरोज केसी, इन्द्रावतीमा गणेश खड्का, लिसंखुपाखरमा चक्रबहादुर केसी, हेलम्बुमा सुरेश तामाङ, जुगलमा चित्रबहादुर सिलवाल, भोटेकोशीमा मिङमार शेर्पा, त्रिपुरासुन्दरीमा मोहनजङ्ग पाण्डे र बलेफीमा जितबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया