मंग्सिर २, २०८३ बुधबार November 18, 2026

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता

दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर कैदीहरू अफगानिस्तानमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काबुल । गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कानुन बमोजिम आवश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरूमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । मन्त्रालयका अनुसार उनीहरूले आवश्यक मानवीय सहयोग आफ्नो गृह प्रान्तमा पुग्नु अघि नै  सीमाबाट भित्रिने बित्तिकै प्राप्त गरेका छन् ।

गत वर्षको जुलाईमा अफगान विदेश मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार दश हजार  भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने ती मध्ये अधिकांश अफगानीहरूले छिमेकी इरान र पाकिस्तानमा कैद जीवन बिताइरहेको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया