माघ ६, २०८२ मंगलबार January 20, 2026

थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री

अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्न आवश्यक रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म र तराई मधेसका विभिन्न जिल्लामा बसोबार रहेको थारु समुदाय देशविदेशमा समेत फैलिँदै गएको बताउनु भयो । जो जहाँ पुगेपनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई सबैले अनुशरण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले माघ १ गते नेपालका विभिन्न समुदायहरुले फरक फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको बताउनुभयो । चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै रहेको उहाँको भनाई छ । उहाँले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मर्म भएको उल्लेख गर्नुभयो । उहाँले आपसी सद्भाव, विश्वास, सहकार्यका माध्यामबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म, तराई मधेसका विभिन्न जिल्लामा सघन बसोबास रहेको थारु समुदाय आज काठमाडौमा हुँदै देशविदेशमा फैलिएको छ । जहाँ पुगेपनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परा हाम्रो साझा दायित्व हो । यही चेतनको प्रतिकका रुपमा आज हामी काठमाडौंमा यति भव्य रुपमा माघि पर्व मनाईरहका छौँ । यही नै हामी नेपाली हुनुको सुन्दर विशेषता हो । माघ १ गतेको दिन नेपालका विभिन्न समुदायहरुले फरक फरक नाम, शैली र परम्परा अनुसार चाडपर्व मनाउने गरेका छौँ । तर चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै छ, आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व । हामी विविध छौँ, तर एउटै छौँ । हामी बहुल छौँ, तर संगै छौँ । हामी धेरै भएर नै पुर्ण छौँ । विश्वमान चित्रमा नेपाल एकता, सदभाव र सह–अस्तित्वको अनुपम उदाहरण बनेर उभिएको छ । यही नै हाम्रो मौलिक पहिचान हो । यो नै हाम्रो शक्ति हो । आजको समय हामी सद्भाव, विश्वास, सहकार्यका माध्यामबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु राष्ट्रिय आवश्यकता बनेको छ । वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्न आवश्यक छ । त्यसकारण यस सांस्कृतिक पर्वहरुको मर्म आत्मसाथ गर्दै समाजमा शान्ति सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिकले सबैले आ–आफ्नो स्थानमा सक्रिय भुमिका खेल्नुपर्छ । थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न सरकार सदैव प्रतिवद्ध छ ।’

उहाँले वर्तमान परिस्थितिमा अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया