काठमाण्डाैंः पछिल्लेा समय धेरैजसो ब्याक्तिहरुमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । यसको मुख्य कारण हो व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुनु । धेरैमा ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ । ग्यास्ट्रिकबाहेक एसीडीटी, अपच, कब्जियत आदि पनि अहिले सामान्य बन्न लागिसकेको छ ।
पेटको समस्याको लागि उपयोगी मानिने विभिन्न आसनहरू हेर्नुहोस् :
१. उत्तानसाना
यो आसन पेटको दुखाइबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चारको लागि सहयोग गर्ने गर्छ । यो आसनले पनि दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या आदि समाधानमा पनि यो सहायकसिद्ध हुन्छ । यस आसनमा टाउकोलाई खुट्टाको भागसम्म पुर्याउने गरिन्छ ।
२. योग गर्ने विधि
३. उत्तानपादना
यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पुर्याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको मानिन्छ ।
योग गर्ने तरिका
यो आसन तीनदेखि छ पटक गर्न सकिन्छ ।
४. पवनमुक्तासन
पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने बताइन्छ । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गर्छ । यो आसनमा नियमित योग गर्दा शरीरमा शक्ति प्राप्त हुन्छ ।
कसरी गर्ने यो आसन ?
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया