मंग्सिर २, २०८३ बुधबार November 18, 2026

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

यो रकेट विशेष गरी व्यावसायिक न्यून-पृथ्वी कक्ष (लो अर्थ अर्बिट)का उपग्रह समूह तैनाथ गर्न डिजाइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, माघ ३ गते । चीनको रकेट ‘लङ मार्च-१२बी’ ले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षणलाई आगामी उडान मिसनतर्फको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकास कर्ताले जनाएको छ ।

उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट क्षेत्रमा सम्पन्न यस परीक्षणले रकेट प्रणालीको कार्यक्षमता र स्थायित्व प्रमाणित गरेको छ । चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन अन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकसित ‘लङ मार्च-१२ बी’ नयाँ पुस्ताको पुनः प्रयोग योग्य रकेट हो ।

यो रकेट विशेष गरी व्यावसायिक न्यून-पृथ्वी कक्ष (लो अर्थ अर्बिट)का उपग्रह समूह तैनाथ गर्न डिजाइन गरिएको हो । यस रकेटमा पृथ्वी नजिकको कक्षमा २० टनसम्म पेलोड बोक्ने क्षमता रहेको छ । कम्पनीका अनुसार फायरिङ परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्णरूपमा पुष्टि गरेको छ, जसले आगामी उडान परीक्षणका लागि बलियो आधार तयार गरेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया