फागुण ६, २०८२ बुधबार February 18, 2026

पाँच स्वास्थ्यकर्मी सङ्गठनद्वारा दुई बुँदे मागसहित आमरण अनशनमा

नेपाल चिकित्सक सङ्घ, संयुक्त सङ्घर्ष समिति र नर्स सङ्घर्ष समितिको ऐक्यबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ ४ गते । स्वास्थ्य व्यवसायी परिषद् दर्तावाला स्वास्थ्यकर्मीहरूको पाँच वटा पेसागत सङ्गठनले दुई बुँदे माग अघि सार्दै आमरण अनशन सुरु गरेका छन् ।

स्वास्थ्य व्यवसायी परिषद् दर्तावाला स्वास्थ्यकर्मीहरूको पाँच वटा पेसागत सङ्गठन तीन दिनदेखि आमरण अनशनमा बसेका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा ४(२) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग विगतमा भएको सहमति कार्यान्वयनका लागि भनेर सुरु गरिएको आमरण अनशनमा नेपाल सिएमए सङ्घका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय अनशनमा हुनुहुन्छ ।

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबरेटोरी एसोसिएसन, नेपाल सिएमए सङ्घ र हेल्थ असिस्टेन्ट सङ्घ नेपालले गठन गरेको संयुक्त सङ्घर्ष समितिको तर्फबाट उपाध्याय अनशन बस्नु भएको हो ।

परिषद्मा स्वास्थ्यकर्मीहरूको विधागत तथा सङ्ख्यात्मक आधारमा पेसागत सङ्घ संस्थाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, साथै नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूका लागि सम्झौता अनुसारको तलब भत्ता तथा सेवा सुविधा तत्काल लागु गर्नुपर्ने माग अघि सारिएको छ । नेपाल चिकित्सक सङ्घले, संयुक्त सङ्घर्ष समिति र नर्स सङ्घर्ष समितिले ऐकेबद्धता जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राससको ६५औँ वार्षिकोत्सव : निस्पक्ष निर्वाचनमा राससको भूमिका महत्त्वपूर्ण – पूर्व राष्ट्रपति यादव
२०८२ फागुण ७, बिहिबार
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार