माघ ६, २०८२ मंगलबार January 20, 2026

समुदाय र प्रहरीको साझेदारीले मात्र समृद्धि र अमनचयन सम्भवः प्रहरी महानिरीक्षक कार्की

‘हाम्रो प्रहरी नेपाल प्रहरी कार्यक्रम २०८२’ लाई प्रहरीका महानिरीक्षक कार्कीको सम्बोधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समुदाय र प्रहरीको साझेदारीले मात्र समृद्धि र अमनचयन कायम सम्भव हुने बताएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरद्वारा आज मङ्गलबजारको कार्तिक डबलीमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी नेपाल प्रहरी कार्यक्रम २०८२’ लाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले समुदाय र प्रहरीको सौहार्दपूर्ण सम्बन्धले मात्र शान्ति सुरक्षा कायम हुनसक्ने बताए।

‘कानुन कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारी हो, तर त्यसका लागि नागरिकहरुको सहयोग र समन्वय महत्त्वपूर्ण हुन्छ’, उनले भने। महानिरीक्षक कार्कीले प्रविधिको विकाससँगै सांस्कृतिक र समाजको सम्बन्ध कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गरे।

जिल्ला प्रहरी ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले क्षतिग्रस्त प्रहरी कार्यालयहरुका पुनर्निर्माण र जलेका सवारीसाधनहरुको ठाउँमा थप साधनहरु परिपूर्ति गरिसकेको जानकारी दिए।

यस कार्यक्रममार्फत नेपाल प्रहरीले प्रहरी र नागरिकबीचको अन्तरसम्बन्ध पुनः स्थापित गर्दै पारदर्शिता, संवाद र सहयोगमा आधारित सहकार्यमूलक वातावरण बनाउँदै शान्ति सुरक्षा, अमनचयन कायम गर्न सहयोग पुग्ने जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया