फागुण ६, २०८२ बुधबार February 18, 2026

सुडानमा मानवीय सङ्कट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

निरन्तरका आक्रमणले अस्पतालमा आवश्यक बिजुली प्रवाहमा बाधा पुर्‍याएको छ भने बालीका लागि सिँचाइमा बाधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नैरोबी, माघ ६ गते । सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ । उहाँले  मानव अधिकारको “विश्वास निर्माण गर्न र युद्धको अन्त्य गर्न, दिगो शान्ति निर्माणको सुरु गर्न” केन्द्रीत हुनुपर्नेमा जोड दिनु भएको छ ।

सुडानको पाँच दिने भ्रमणपछि केन्याको राजधानीमा पत्रकारसँगको साक्षातकारमा तुर्काले महत्त्वपूर्ण नागरिक पूर्वाधारमा आक्रमण भई गम्भीर क्षति भएको बताउनु भएको उल्लेख गर्दै उस्तो चेतावनी दिनु भएको छ । राष्ट्रव्यापी रूपमा बिजुलीको ७०% आपूर्ति गर्ने हाइड्रोइलेक्ट्रिक पावर स्टेशन र एउटा प्रमुख मेरोवे बाँधमा द्रुत समर्थन बल (आरएसएफ)द्वारा प्रक्षेपण गरिएको ड्रोनले प्रहार गरेर क्षतिग्रस्त बनाएको जनाएको छ ।

निरन्तरका आक्रमणले अस्पतालमा आवश्यक बिजुली प्रवाहमा बाधा पुर्‍याएको छ भने बालीका लागि सिँचाइमा बाधा पुर्‍याएको छ । नागरिकलाई  सफा पानीको पहुँचमा वञ्चित गरी रोग फैलाउन सजिलो बनाएको जनाइएको छ । यस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारमा भएका आक्रमण गम्भीर उल्लङ्घन भएको भन्दै उहाँले जसलाई युद्ध अपराध मान्न सकिने बताउनु भएको छ ।

सन् २०२३ अप्रिल-१५ मा सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बिच लडाइँ सुरु भए पछिको द्वन्द्वले हजारौँ नागरिकको ज्यान लिएको छ भने लाखौँलाई हिंसाका कारण आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ । रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार