फागुण ६, २०८२ बुधबार February 18, 2026

बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता

आम चुनावका लागि १२ करोड ७० लाख भन्दा बढी मतदाताले नामावली दर्ता गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका, माघ ७ गते । आगामी फब्रुअरी-१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मङ्गलबार उम्मेदवारी दर्ता, छानविन, अपिल, फिर्ता र उम्मेदवारको सूची अन्तिम रूप दिए पछि अद्यावधिक तथ्याङ्क जारी गरेको जनाएको छ । बङ्गला देशका ३०० निर्वाचन क्षेत्र मध्ये २९८ मा एक हजार ९६७ लड्ने तथारी गरेको उल्लेख गर्दै बाँकी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारको सूची तयार भएपछि यो सङ्ख्या अझै बढ्ने अनुमान आयोगले गरेको छ ।

सीमाको विषयलाई लिएर कानूनी विवाद भएका कारण दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिने समयसीमा जनवरी-२६ सम्म बढाइएको थियो । यस अघि फेब्रुअरी–१२ मा हुन लागेको निर्वाचनमा भाग लिन करिब तीन हजार नामाङ्कन पत्र सङ्कलन गरिएको जनाइएको छ ।

गत महिना आयोगले पूर्व प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ अगस्ट मा राजीनामा दिएर देश छोडे पछि पहिलो पटक आम चुनावका लागि १२ करोड ७० लाख भन्दा बढी मतदाताले  नामावली दर्ता गरेको बताएको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार