फागुण ६, २०८२ बुधबार February 18, 2026

कोरियाली पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद

दालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल ।दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ ।

सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गरेको ठहर’ गरे । अदालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोकेको हो ।

छयत्तर वर्षीय अनुभवी टेक्नोक्रेट हानलाई फैसला सुनाइएपछि तुरुन्तै जेलमा उपस्थित हुन आदेश दिइएको छ । न्यायाधीश लीका अनुसार तत्कालीन राष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा जारी गरेको मार्सल ल डिक्री ‘संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य’ का साथ ल्याइएको थियो र त्यसलाई विद्रोहसरह मान्नुपर्ने अवस्था देखिएको छ ।

युनको आश्चर्यजनक मार्सल ल घोषणापछि विपक्षी नेतृत्वको संसद्ले त्यसलाई भिटो गर्नुअघि राष्ट्रिय सभा र राष्ट्रिय निर्वाचन आयोगमा सशस्त्र सेना तैनाथ गरिएको थियो । यस घटनाक्रमपछि युनलाई अप्रिलमा संवैधानिक अदालतले महाभियोगमार्फत पदबाट हटाएको थियो र दुई महिनापछि उपचुनाव प्रक्रिया सुरु भएको थियो । हान पनि युनसहित मार्सल ल प्रयासमा खेलेको भूमिकाका कारण मुद्दा भोगिरहेका व्यक्ति हुन् । न्यायाधीश लीले टेलिभिजनमार्फत फैसला सुनाउँदै हानले ‘युन र अन्यको विद्रोही कार्यमा कम्तीमा पनि औपचारिकरूपमा प्रक्रियागत आवश्यकताको पालना सुनिश्चित गररे महत्वपूर्ण भूमिका खेलेको’ ठहर गरेका छन् । अदालतका अनुसार हानले यस कदमप्रति युनसँग चिन्ता व्यक्त गरेका भए पनि उनले स्पष्टरूपमा विरोध जनाउन वा अन्य मन्त्रीहरूलाई यसबाट रोक्न आग्रह गर्न असफल भएका थिए ।

मुद्दाको सुनुवाइका क्रममा हानले आफूले कहिल्यै मार्सल ल घोषणालाई समर्थन वा सहयोग नगरको दाबी गर्दै कुनै पनि गलत कार्यमा संलग्न नभएको बताएका थिए । अप्रिलमा युन पदबाट हटाइएपछि हान कार्यवाहक राष्ट्रपतिको भूमिकामा पुगेका थिए र एक समय आकस्मिक चुनावमा बलियो रूढीवादी दावेदारका रूपमा पनि हेरिएका थिए । तर मे महिनामा राष्ट्रपतिको उम्मेदवारी दिने प्रयासका क्रममा युनको दलले उनलाई आधिकारिक उम्मेदवार नबनाएपछि, उनको राजनीतिक अभियान चाँडै कमजोर बनेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार