फागुण ६, २०८२ बुधबार February 18, 2026

बाँकेमा हात्तीपाइले विरुद्धको अभियान सुरु

अभियान सञ्चालनका लागि ४५ लाख रुपैयाँभन्दा बढी बजेट खर्च हुने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ ८ गते । बाँके जिल्लामा हात्तीपाइले रोग नियन्त्रणमा अपेक्षित सफलता नआएपछि बिहीबारदेखि पुनः आम औषधी सेवन अभियान सुरु गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथको एक वडामा औषधी सेवन दर कम रहेकाले १६औँ पटक अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

अभियान नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको हो। स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलका अनुसार अभियान क्रमशः डुडुवा, नेपालगन्ज र बैजनाथमा विस्तार गरिनेछ। यस अभियानमार्फत नरैनापुरका ४३ हजार ८९९, नेपालगन्जका १ लाख ६९ हजार ३३९ र डुडुवाका ४३ हजार ९७५ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ।

अभियान उद्घाटन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले स्वयं औषधी सेवन गरी सबै नागरिकलाई अनिवार्य रूपमा औषधी खान आग्रह गर्नुभयो। जनस्वास्थ्य निरीक्षक तैयब राइनीका अनुसार विगतमा औषधी नखानुको प्रमुख कारण प्रतिअसरको डर र जनचेतनाको कमी रहेको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत सहभागिता आवश्यक छ। अभियान सञ्चालनका लागि ४५ लाख रुपैयाँभन्दा बढी बजेट खर्च हुने जनाइएको छ। दीर्घकालीन अपाङ्गता निम्त्याउने यस रोगको जोखिम कम गर्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार