असोज २४, २०८३ शनिबार October 10, 2026

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

इस्लामवादी दल जमात-ए-इस्लामीको नेतृत्वमा रहेको १० दलीय गठबन्धनले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढाका, माघ ९ गते । लामो समयसम्म प्रधानमन्त्री रहनु भएकी शेख हसिनालाई अपदस्थ गरेको सन् २०२४ को विद्रोहपछि बङ्गलादेशको पहिलो राष्ट्रिय चुनावका लागि बिहीबारदेखि औपचारिक प्रचार अभियान सुरु भएको छ ।

हसिनाको निष्कासनपछि र नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकार अन्तर्गत पहिलो पटक हुन लागेको फेब्रुअरी १२ मा हुने यो निर्वाचनलाई बङ्गलादेशको इतिहासमै अत्यन्त महत्त्वपूर्ण मानिएको छ । राजधानी ढाका तथा देशका अन्य भागमा प्रमुख राजनीतिक दलले र्‍याली र सभामार्फत प्रचार थालेका छन् ।

यस चुनावमा मतदाताले प्रस्तावित राजनीतिक सुधार सम्बन्धी राष्ट्रिय चार्टरबारे पनि निर्णय गर्ने छन् । अन्तरिम सरकारले स्वतन्त्र र निष्पक्ष चुनाव गराउने वाचा गरेको छ । तर हसिनाको पूर्व सत्तारूढ अवामी लिगलाई प्रतिबन्ध लगाएपछि सरकारको निष्पक्षतामाथि प्रश्न उठेका छन् ।

अवामी लिग र बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले परम्परागत रूपमा देशको राजनीतिमा प्रभुत्व जमाउँदै आएका थिए । साथै, देशको कानुन-व्यवस्थाको अवस्थाबारे पनि चिन्ता व्यक्त गरिएको छ, यद्यपि सरकारले शान्तिपूर्ण मतदान हुने आश्वासन दिएको छ । सयौँ प्रदर्शनकारीको ज्यान गएको हिंसात्मक दमनपछि शेख हसिना अगस्ट ५, २०२४ मा मुलुक छाडेर भारत पलायन हुनुभएको थियो ।

त्यसको तीन दिनपछि युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हाल्नु भएको हो । अवामी लिग चुनाव प्रक्रियाबाट बाहिरिएपछि इस्लामवादी दल जमात-ए-इस्लामीको नेतृत्वमा रहेको १० दलीय गठबन्धनले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको छ । यस गठबन्धनमा विद्रोहका विद्यार्थी नेताले गठन गरेको नेसनल सिटिजन पार्टी (एनसिपी) पनि सामेल छ ।

जमात-ए-इस्लामीले भने धर्मनिरपेक्ष समूहबाट आलोचना खेप्दै आएको छ, जसले यसको भूमिकाले बङ्गलादेशको धर्मनिरपेक्ष आधारलाई चुनौती दिने बताउँदै आएका छन् । बिएनपीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री पदका प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

उहाँ संयुक्त अधिराज्यमा १७ वर्ष निर्वासनमा बस्नु भएपछि गत महिना स्वदेश फर्कनु भएको हो र बिहीबार उत्तरपश्चिमी सहर सिल्हटबाट आफ्नो चुनावी अभियान सुरु गर्दै हुनुहुन्छ । यस निर्वाचनसँगै राष्ट्रिय चार्टरमा जनमत सङ्ग्रह पनि हुने छ । अन्तरिम सरकारले यसलाई नयाँ राजनीतिक मार्गका रूपमा व्याख्या गरेको छ ।

सन् २०२४ को विद्रोहको नामबाट राखिएको यो चार्टर हाल बाध्यकारी छैन, तर समर्थकले यसलाई संविधानको हिस्सा बनाउन जनमत सङ्ग्रह आवश्यक रहेको बताएका छन् । सरकारले यो चार्टरले शक्तिको सन्तुलन, कार्यकाल सीमा र भ्रष्टाचार नियन्त्रण जस्ता उपायमार्फत भविष्यका अधिनायकवादी शासनबाट जोगाउने दाबी गरेको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार