श्रावण १८, २०८३ सोमबार August 3, 2026

फिदिममा सम्पन्न निःशुल्क आँखा शिविरबाट १ हजार ९ सय जनाले सेवा लिए

तीन दिने आँखा शिविर: पाँचथर, ताप्लेजुङ र तेह्रथुमका १,९०० बिरामी लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर । पाँचथरको फिदिममा सम्पन्न तीन दिने निःशुल्क आँखा शिविरबाट १ हजार ९ सय जनाले सेवा प्राप्त गरेका छन् ।

फिदिम नगरपालिकाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविर माघ ६ गते सुरु भएको थियो । शिविरमा ७ सय १२ जनालाई चस्मा वितरण, ९८ जनाको मोतीबिन्दु अपरेशन, २ जनाको आँखीभौँ भित्र पसेको अपरेशन, १ जनाको नेत्र नली र ८ जनाको मासु पलाएको अपरेशन गरिएको स्वास्थ्य शाखा प्रमुख ओम प्रसाद यादवले जानकारी दिनुभयो ।

शिविरमा पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका बिरामीहरूले पनि सेवा लिएका थिए ।

पिछडिएको समुदायलाई स्वास्थ्य सेवाको पहुँच पुगोस् भनेर शिविरको आयोजना गरिएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया