फागुण ६, २०८२ बुधबार February 18, 2026

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान सुरु

अब फेरि अर्को अभियान सञ्चालन गर्नुपर्ने गरी काम गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खजुरा (बाँके) । जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ ।

आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ्य शाखा प्रमुख सीताराम चौधरीले बताए ।

“बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ”, उनले भने ।

यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसअवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणका लागि सरकारले गरेको लगानीबारे जानकारी दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आफ्नै वडामा १६ औँ पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान चलाउनु परेकोमा दुःख व्यक्त गर्दै अब फेरि अर्को अभियान सञ्चालन गर्नुपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । रासस

डुडुवा–३ का वडाध्यक्ष आमोद तिवारीले आफ्नो वडामा १६ औं पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानलाई सफल बनाउन आफू जुनसुकै समयमा परिचालित हुने प्रतिबद्धता व्यक्त गरे।  डुडुवाको वडा नम्बर २ सबैभन्दा जोखिममा रहेको जनाइएको छ ।

अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ६९ हजार ३३९ गरी कूल तीन लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य छ । अभियान सञ्चालनका लागि रु ४३ लाख बजेट विनियोजन गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार