भाद्र १, २०८३ सोमबार August 17, 2026

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

शनिबार बिहान २:३० बजे पश्चिम बाण्डु्ग जिल्लामा भारी बर्षा र पहिरो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिसारुआ, इन्डोनेसिया । इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् ।

भारी वर्षाले उत्पन्न भएको पहिरो शनिबार बिहान २:३० बजे पश्चिम बाण्डु्ग जिल्लामा परेको थियो, जसले धेरै घरमा क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का प्रवक्ताले भने,“शनिबार बिहान पश्चिम जाभा प्रान्तको पश्चिम बाण्डुंग जिल्लामा पहिरो गएको छ, जसमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान १०:३० बजेसम्म दर्जनौं बासिन्दा सुरक्षित फेला परेका छन्, तर ८३ जनाको खोजी अझै जारी छ ।”

blogइन्डोनेसियामा वर्षायाम (अक्टोबरदेखि मार्चसम्म)मा बाढी र पहिरो सामान्य समस्या हुन् ।

गत वर्षको अन्त्यतिर दक्षिण र दक्षिणपूर्वी एसियामा आएको उष्णकटिबंधीय आँधी र तीव्र मनसुन वर्षाले इन्डोनेसियाको सुमात्रा र श्रील्काका पहाडी क्षेत्रमा घातक बाढी र पहिरो ल्याएको थियो। सुमात्रा बाढीमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएका थिए ।

वातावरणीय विज्ञ र विज्ञहरूले वनक्षयले बाढी र पहिरो बढाउन भूमिका खेलेको बताएका छन्, जसले गाउँमा माटोको बहाव ल्यायो । यसै कारण सरकारले यस हप्तामा सुमात्रामा रहेका बन, खानी र जलविद्युत कम्पनीहरूको २४ भन्दा बढी अनुमति रद्द गरेको छ ।

यसैबीच, यस महिनामा इन्डोनेसियाको सियाउ टापुमा आएको भारी वर्षाले छिटो बाढी ल्याएको थियो, जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया