फागुण ६, २०८२ बुधबार February 18, 2026

‘सङ्गठित रूपमा मिथ्या सूचना फैलाउन सुरु भएको छ, सचेत रहौँ’

सम्मेलनमा बोल्ने वक्ता तथा अध्येताहरूले मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक बताए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कीर्तिपुर (काठमाडौँ), १० माघः सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल) ले आज यहाँ आयोजना गरेको ‘मिथ्या सूचनाविरुद्ध काठमाडौँ सम्मेलन’ मा विज्ञहरूले मिथ्या सूचना फैलउन सुरु भएको र त्यसले जनमतलाई पार्न सक्नेतर्फ सचेत रहनुपर्ने औँल्याएका छन् ।

सम्मेलनमा वक्ता तथा अध्येताहरूले मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक रहेको बताएका हुन् ।

मणिपाल एकेडेमी अफ हायर एजुकेसनकी प्रा डा पद्मा रानीले प्रविधि र पहुँचले गर्दा सही सूचना र मिथ्या सूचनाबीचको अन्तर थाहा पाउन जटिल भएको बताउनभुयो । उहाँले सामाजिक सञ्जालका साथै मूलधारका मिडियाबाट समेत मिथ्या सूचना आउने गरेकाले त्यसविरुद्ध सरोकार भएका सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका कार्यवाहक डिन डा वामदेव अधिकारीले सोसल मिडियामार्फत ‘डिजिटल वार’ भइरहेको उल्लेख गर्दै सत्यतथ्य सूचना पहिचान गर्न र आलोचनात्मक ढङ्गले हेर्न जरुरी रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले मिडियाको परिदृश्य परिवर्तन भएको बताउनुभयो । उहाँले प्रविधि र सामग्रीले जनमत प्रभावित हुने भएकाले मिडियाले समाजको बृहत्तर हित हेर्नुपर्ने धारणा राख्नुभयो ।

सिएमआर–नेपालका अध्यक्ष नवीन खतिवडाले हालको परिवेशमा मिथ्या र सत्य सूचना के हो भन्ने अन्योल भएकाले यस विषयमा हुने छलफल र सम्मेलनले त्यसको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञ डा धिरेन्द्र नाल्बोले मिथ्या सूचनाले हरेक क्षेत्रमा चुनौती थपेको बताउनुभयो । उहाँले निर्वाचनका बेला निर्वाचन अभियान र ‘प्रोपागाण्डा’सँगै मिथ्या सूचना आउने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको बताउनुभयो ।

सञ्चारविज्ञ डा विनोद भट्टराईले मिडियाको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन भएको उल्लेख गर्दै तथ्यमा आधारित जनचाहनाका विषयलाई प्राथमिकता नदिने हो भने पत्रकारिता अझ बढी सङ्कुचित हुने बताउनुभयो ।

सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यसैगरी जेनजी आन्दोलनमा ‘डिस्कर्ड’को प्रभाव, समाचार कक्षमा ‘एआई’को प्रयोग, सुरक्षामा सूचना असन्तुलनको प्रभाव, समाचार शाखामा तथ्य परीक्षण, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेस प्रदेशमा सोसल मिडियाको प्रयोग र त्यसका असर, नेपालमा ‘फ्याक्ट चेक’को अवस्था, पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरतालगायत विषयमा प्रस्तुतीकरण गरिएका थिए ।

दुईदिने सम्मेलनमा आइतबार मिथ्या सूचनाको प्रतिकार, मिडिया शिक्षाको भूमिका, जलवायुका विषयमा मिथ्या सूचना र सोसल मिडिया प्लेटफर्महरूको जिम्मेवारीलगायत विषयमा छलफल गरिनाका साथै सोसल मिडियामा सामग्री निर्माताबारे गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार