बैसाख २६, २०८३ शनिबार May 9, 2026

साओमीका आधुनिक एन्ड्रोइड टिभी नेपाली बजारमा, यस्तो छ विशेषता र मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साओमीले नेपाली बजारमा स्मार्टफाेन र इयरफाेनसँगै टिभी पनि विस्तार गरेकाे छ । कम्पनीले मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ ।

साओमीले दुई हप्ताअघि मात्रै नेपाली बजारमा रेडमी ईयरफोन ल्याएको थियो । उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभी ल्याएकाे कम्पनीले बताएकाे छ ।

मी टिभी फाेर एक्स (५५ इन्च) २०२० संस्करण

मी टिभी फाेर एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठूलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा फाेरके टेन बिट एचडीआर डिस्प्ले सुविधा छ, जसलाई साओमीको इनहाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ ।

यसमा इमर्सिभ अडियो भिजुअल अनुभव गर्न सकिने जानकारी कम्पनीले दिएकाे छ । टिभीमा २० वाट स्पिकर, डल्वी अडियो र डीटीएस एचडी प्रयाेग गरिएकाे छ । मी टिभी फाेर एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट-ईनमा आउँदछ ।

मी एलईडी टिभी ४ए प्रो (४३)

यो नयाँ मी एलईडी टिभी फाेर ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ ।

यसमा उत्कृष्ट सञ्चालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाटको स्टेरियो सेटअप छ, जसले डीटीएस-एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठूलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ ।

मूल्य र उपलब्धता

  • मी टिभी फाेर एक्स (५५) २०२० संस्करण रु. ६४,९९९ मा उपलब्ध हुनेछ
  • मी एलईडी टिभी फाेर ए प्रो (४३) रु.३९,९९९ मा उपलब्ध हुनेछ
  • दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रिबुकिङ शुरु हुनेछ र मी एलईडी टिभी ४ए प्रो (४३) सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४एक्स (५५) २०२० संस्करण ३० सेप्टेम्बर (असोज १४ गते) बाट अफलाइनमा उपलब्ध हुनेछ । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार