कार्तिक १६, २०८३ सोमबार November 2, 2026

हप्तामा यी ३ दिन काट्नु हुँदैन दारी र कपाल

सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् । तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ ।

कुन बार शुभ कुन बार अशुभः

आइतबारः आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धी र धर्मको नाश हने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।

सोमबारः सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।

मंगलबारः मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोकशानदायक मानिन्छ । कहिले काँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।

बुधबारः नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन बुधवार मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धन धान्य बढ्ने र खुसियाली आउने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।

विहीबारः विहीबार कपाल वा नङ काट्दा धन नास हुने मानिन्छ । यस दिन कपाल काट्दा मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ ।

शुक्रबारः शुक्रबार शुक्र ग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक मानिन्छ । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिन हो ।

शनिबारः शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युक भय बढ्ने महाभारतमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार
यू-१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
२०८३ कार्तिक १६, सोमबार