भाद्र २, २०८३ मंगलबार August 18, 2026

दुबईमा ‘वल्र्ड लरेटीट्स सम्मेलन’: एआई र अन्तरिक्ष प्रविधिमा वैश्विक छलफल

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, क्वान्टम विज्ञान, न्यानो प्रविधि, ऊर्जा र उन्नत सामग्री जस्ता क्षेत्रमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुबई, माघ १९ गते । विश्वभरका १५० भन्दा बढी वैज्ञानिक, नोबेल पुरस्कार विजेता लगायतका निमन्त्रित सहभागी दुबईमा आइतबारदेखि सुरु भएको ‘वल्र्ड लरेटीट्स सम्मेलन’मा भेला भएका छन् । तीन दिनसम्म चल्ने यो सम्मेलनले मानवताका चुनौती समाधान गर्ने र सभ्यताको भविष्य निर्माण गर्ने विषयमा विचार विमर्श गर्ने उद्देश्य राखेको छ ।

‘मूलभूत विज्ञानः मानवताका चुनौती समाधानका लागि वैज्ञानिक सहमति’ भन्ने विषयमा आयोजित सम्मेलन वल्र्ड गभर्नेन्स सम्मेलन सन् २०२६ सँगै सञ्चालन भइरहेको छ । यसले वैश्विक नीति, आर्थिक प्रणाली र प्रविधि नवप्रवर्तनमा मूलभूत वैज्ञानिक अनुसन्धानको महत्वपूर्ण भूमिका उजागर गरेको छ । सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, क्वान्टम विज्ञान, न्यानो प्रविधि, ऊर्जा र उन्नत सामग्री जस्ता क्षेत्रमा छलफल हुने बताइएको छ ।

वल्र्ड गभर्नेन्स सम्मेलनको उपाध्यक्ष ओमार सुल्तान अल ओलामाले भन्नुभयो, “वैज्ञानिक ज्ञान र निर्णय प्रक्रियालाई एउटै छानामुनि ल्याएर हामी मानव सभ्यताका उपलब्धिको संरक्षण गर्ने र भविष्यका नीति निर्माणमा दिगो र प्रमाणमूलक प्रगतिका लागि मार्ग निर्देशन गर्ने विश्व सन्दर्भ निर्माण गर्न खोज्छौँ ।” वल्र्ड लरेटीट्स एसोसिएसनका अध्यक्ष तथा नोबेल विजेता रोजर कार्नबर्गले सम्मेलनले वैज्ञानिकलाई सभ्यता, समृद्धि र मानव प्रगतिका लागि दीर्घकालीन सोचमा प्रत्यक्ष योगदान गर्ने दुर्लभ अवसर प्रदान गरेको बताउनुभयो ।

जियाङमेन अन्डरग्राउन्ड न्युट्रिनो वेधशालाका मुख्य वैज्ञानिक वाङ यिफाङले भन्नुभयो, “मानव इतिहासका लगभग सबै प्रमुख चुनौती अन्ततः मूलभूत विज्ञानका प्रगतिबाट समाधान भएका छन् ।” सम्मेलनले वैज्ञानिक समुदायलाई खुला र सहयोगात्मक बनाइ राख्दा, मानव प्रगति र साझा विकासका लागि योगदान सुनिश्चित गर्न सकिने वकिल गरिएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार