बैसाख २६, २०८३ शनिबार May 9, 2026

निकै सुस्त फोरजीको गति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलोपटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो ।

त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६-७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजीको यस्तो विस्तार पनि समान छैन । फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको छ । फोरजी सेवा सुरु गरेको तीन वर्ष आठ महिनाको यो अवधिमा टेलिकमका जम्मा आठ लाख ४४ हजार मात्रै फोरजी ग्राहक छन् ।

एनसेल तुलनात्मक रूपमा फोरजी ग्राहक विस्तारमा अगाडि देखिएको छ । गत आवमा एनसेलका छ लाख १८ हजार ग्राहक थपिएका छन् । यद्यपि ग्राहक विस्तारको यो सङ्ख्या पनि त्यति उच्च भने होइन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलका अहिलेसम्म ३७ लाख ४७ हजार फोरजी ग्राहक छन् । फोरजीको प्रतिस्पर्धामा एनसेल अगाडि देखिन्छ ।

आश्चर्यजनक तथ्य त के छ भने तेस्रो ठूलो सेवा प्रदायक स्मार्ट टेलिकमका फोरजी ग्राहक ओरालो लाग्दै छन् । गत आवमा मात्रै स्मार्टले २१ हजारभन्दा बढी फोरजी ग्राहक गुमायो । प्राधिकरणका अनुसार पछिल्लोपटक स्मार्टका जम्मा दुई लाख तीन हजार फोरजी ग्राहक छन् । यसरी फोरजी ग्राहक लक्ष्यअनुरूप बढ्न नसक्नुमा सेवा प्रदायकका आफ्नै तर्क छन् ।

एनसेलले पर्याप्त फ्रिक्वेन्सी अभावमा फोरजीको विस्तार हुन नसकेको जनाएको छ । अहिलेसम्म ६६ जिल्लामा फोरजी ग्राहक पुगिसकेको दाबी गर्ने एनसेलले नौ सय मेगाहर्ज ब्यान्डमा आवश्यक फ्रिक्वेन्सी प्राप्त गर्नसके फोरजी विस्तारलाई बल पुग्ने स्पष्ट पारेको छ ।

ग्रामीण क्षेत्रमा फोरजी विस्तारका लागि लो ब्यान्डको फ्रिक्वेन्सी आवश्यक पर्छ, एनसेलले गोरखापत्रसँगको इमेलमा भनेको छ, “त्यसपछि मात्र यो आर्थिक र प्राविधिक रूपमा सम्भव हुन्छ । ” नेपाल टेलिकमले अहिलेसम्म ५८ लाखभन्दा बढीले आफ्नो फोरजी ‘सब्सक्राइब’ गरेको दाबी गरेको छ । गाेरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार