ओमोरी(जापान), माघ २७ गते । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ ।
जनवरीको अन्त्यदेखि जारी हिमपातले उत्तरी समुदायलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ । प्रहरी र स्थानीय अधिकारीका अनुसार बासिन्दा हिउँलाई सफा गर्ने प्रयासमा दुर्घटना हुँदा घातक दुर्घटना भएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाले भारी हिमपात (चार फिटभन्दा बढी) को सामना गर्नु परेको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया