असार ११, २०८३ बिहिबार June 25, 2026

फिलिपिन्समा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ५२ पुग्यो

एमभी त्रिशा केस्र्टिन–३ डुंगामा सवार व्यक्तिहरूको सङ्ख्या ३७२ रहेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनिला । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा मा एउटा डुंगा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्नुका साथै २७ जना अझै बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्ड (पिसिजी) ले बुधबार जनाएको छ ।

विभिन्न पक्षसँगको प्रमाणीकरणको आधारमा, एमभी त्रिशा केस्र्टिन–३ डुंगामा सवार व्यक्तिहरूको सङ्ख्या ३७२ रहेको पुष्टि भएको पीसीजीले  उल्लेख गरेको छ, जसले डुंगा डुब्ने घटनाको दुई हप्ताको अनुसन्धान पछि अद्यावधिक तथ्यांक जारी गरेको हो ।

प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएका जीवितहरूको संख्या २९३ मा समायोजित गरिएको छ । पूर्ण पहिचान प्रमाणीकरण प्रक्रिया पछिको संशोधनमा सूचीबद्ध यात्रुहरू र अघोषित चालक दलका सदस्यहरू दुवै समावेश भएको पीसीजीले जनाएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया