असार ११, २०८३ बिहिबार June 25, 2026

क्यानडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

डेमोक्र्याटले प्रस्ताव गरेको मतदानमा छ जना रिपब्लिकनसहित २१९ जना प्रतिनिधिबाट स्वीकृति प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, माघ २९ गते । अमेरिकी संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडाली सामानमा लगाइएको कर खारेज गर्ने पक्षमा मतदान गरेको छ ।

डेमोक्र्याटले प्रस्ताव गरेको मतदानमा छ जना रिपब्लिकनसहित २१९ जना प्रतिनिधिबाट स्वीकृति प्राप्त भएको छ भने विपक्षमा २११ जना रहेका छन् । प्रस्ताव क्यानडाली सामानमा दण्डात्मक व्यापार उपाय राख्न ट्रम्पको प्रयासको विरुद्धमा भएको जनाइएको छ ।

संसदमा डेमोक्र्याट २१४ सिटमा छन् भने रिपब्लिकनको २१८ सीट रहेको छ । पछिल्लो समयमा सिनेटमा प्रस्ताव पारित हुने सम्भावना बढ्दै गएको छ, जसले पहिले दुई पटक मतदान गरी ट्रम्पलाई क्यानडामा कर लगाउनबाट रोकेको जनाइएको छ । रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया