असार ११, २०८३ बिहिबार June 25, 2026

युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड

“शक्तिशाली नेटोसँगै युरोप बलियो हुनुको अर्थ ट्रान्सएटलान्टिक बन्धन पहिलेभन्दा बलियो हुनेछ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जर्मनी। ‘ब्रेक्जिट’ को बिषयमा निर्णय लिन भएको जनमत संग्रहको १० वर्षपछि बेलायत र युरोपेली सङ्घले बढ्दो अस्थिर विश्वमा आफ्नो स्थान मजबुत पार्नुपर्ने यस क्षेत्रका नेताहरूले शनिबार बताएका छन्।

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले म्युनिख सुरक्षा सम्मेलनमा युरोप र बेलायतले हाम्रो लोकतन्त्रको रक्षार्थ ’सुरक्षा र अर्थतन्त्रमा’ अझ नजिकबाट सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

“युरोप र विशेष गरी बेलायत एक साथ अघि बढ्नुपर्छ । ब्रेक्जिटपछि १० वर्ष बितिसक्दा पनि हाम्रो भविष्य पहिलेभन्दा भिन्न नभएको बरू उस्तै वा अझ विग्रिएको अवस्थामा रहेको छ,” उहाँले म्युनिख सुरक्षा सम्मेलनमा भन्नुभयो ।

सम्मेलनमा बेलायती नेता केइर स्टार्मरले पनि उहाँको भनाइलाई समर्थन गर्नुभएको थियो ।

“हामी दोबाटोमा छैनौँ । अगाडिको बाटो सीधा छ र यो स्पष्ट छ। हामीले हाम्रो मजबुत शक्ति निर्माण गर्नुपर्छ, किनकि यो युगको मुद्रा हो,” उहाँले भन्नुभयो ।

“हामी आक्रामकतालाई रोक्न सक्षम हुनुपर्दछ र आवश्यक भएमा हामी युद्धको सामना गर्न तयार बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

“युरोपभरि एक साझा औद्योगिक आधार निर्माणको लागि आह्वान गर्दछ जसले हाम्रो रक्षा उत्पादनलाई गति दिन सक्छ र ‘हाम्रो शक्ति गुणा गर्न सक्छ’।

शुक्रबार नेटो प्रमुख मार्क रुटले भन्नुभयो, “शक्तिशाली नेटोसँगै युरोप बलियो हुनुको अर्थ ट्रान्सएटलान्टिक बन्धन पहिलेभन्दा बलियो हुनेछ ।”

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भन्नुभयो, “यो युरोपलाई शक्तिशाली बनाउने सही समय हो, जसले ‘सुरक्षाको आफ्नै वास्तुकला निर्माण गर्नेछ’।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया