मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सुडानमा ड्रोन आक्रमणमा कम्तीमा १५ बालबालिकाको मृत्यु

मारिएका, घाइते, विस्थापित भएका र बाँच्नका लागि आवश्यक सेवाबाट काटिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खार्तुम । सुडानको एक विस्थापन शिविरमा यसै हप्ताको सुरुमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघको बालबालिकामामिला निकाय (युनिसेफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फेब्रुअरी १६ मा पश्चिम कोर्दोफानको अल सुनुतमा रहेको विस्थापन शिविरमा ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।”

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, “हामीले डार्फरबाट पनि त्यस्तै विचलित गर्ने ढाँचाहरू देखिरहेका छौँ, जसमा मारिएका, घाइते, विस्थापित भएका र बाँच्नका लागि आवश्यक सेवाबाट काटिएका छन्।” रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया