असार ११, २०८३ बिहिबार June 25, 2026

स्विडेनद्वारा युक्रेनलाई सैन्य सहायता घोषणा

पछिल्लो प्याकेजसहित रुस–युक्रेन द्वन्द्व सुरु भए देखि युक्रेनलाई स्विडेनको सैन्य सहयोग लगभग ११ अर्ब ३० करोड डलर पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेलसिन्की । स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको मूल्य लगभग एक अर्ब ४० करोड अमेरिकी डलर रहेको जनाइएको छ । यसमा हवाई रक्षा, गोला बारुदका साथै कोषको ठूलो हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्विडेनले मोड्युलर क्षमताले बन्दुक र मिसाइल प्रणाली, इन्टरसेप्टर, सेन्सर, इलेक्ट्रोनिक युद्ध कम्पोनेन्ट र कमान्ड–एन्ड–कन्ट्रोल प्रणालीले हवाई खतराबाट जोगाउन मद्दत गर्ने जनाएको छ ।

प्याकेजमा गोला बारुद, प्रशिक्षण र सम्बन्धित सहयोगका लागि लगभग ३३ करोड डलर छुट्याएकोमा ठूलो मात्रामा शेल र एयर डिफेन्स राउन्डहरू खरिद गरिएको छ ।

नवीन पहलमा, आर्थिक योगदान र नागरिक रक्षा, लामो दूरीको ड्रोनमा युक्रेनसँग विस्तारित सहयोग र मानव रहित जहाजहरू समावेश गर्ने परियोजनाहरूको लागि वित्तपोषण गरिएको  छ ।

स्विडेनले आफ्नो सशस्त्र सेनाबाट केही उपकरणहरू दान गर्ने जनाएको छ जसमा सहायक उपकरण र गोलाबारुदसहित रिकिललेस राइफलहरू समावेश छन् भने प्रतिस्थापन खरिद र यातायातका लागि रकम उपलब्ध गराइनेछ ।

स्विडेनले युक्रेनलाई सैन्य समर्थन प्याकेज प्रदान गरेको स्विडेनका रक्षामन्त्री पाल जोन्सनले सामाजिक सञ्जाल एक्स मार्फत बताउनुभएको छ । उहाँले युक्रेनको सबैभन्दा जरुरी आवश्यकताहरू पूरा गर्न भर्खरै निर्मित हवाई रक्षा प्रणाली, लामो दूरीको क्षमता र गोला बारुदमा ध्यान केन्द्रित गरिएको बताउनुभयो ।

पछिल्लो प्याकेजसहित रुस–युक्रेन द्वन्द्व सुरु भए देखि युक्रेनलाई स्विडेनको सैन्य सहयोग लगभग ११ अर्ब ३० करोड डलर पुगेको जनाइएको छ ।

मस्कोले बारम्बार युक्रेनलाई पश्चिमी हतियार आपूर्तिले द्वन्द्व समाधान गर्ने प्रयासमा बाधा पुर्‍याएको बताएको छ भने रुसी विदेशमन्त्री सेर्गेई लावरोभले युक्रेनका लागि हतियार भएको कुनै पनि कार्गो रुसी सेनाको निसाना बन्ने चेतावनी दिनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया