असार ११, २०८३ बिहिबार June 25, 2026

कजाकिस्तान र रूसद्वारा संयुक्त हवाई रक्षा अभ्यास सुरु

अभ्यासको उद्देश्य वायु रक्षा बलको समन्वय, लडाइँको तयारी र परिचालन क्षमता अभिवृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अस्ताना(काजकिस्तान), ९ फागुन (रासस/सिन्ह्वा) : कजाकिस्तान र रूसले आफ्नो एकीकृत क्षेत्रीय हवाई रक्षा प्रणालीको एक हिस्साको रूपमा योजनाबद्ध संयुक्त हवाई रक्षा अभ्यास गरिरहेको काजिनफर्म समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

फेब्रुअरी –२० देखि मार्च –१० सम्म चल्ने यो अभ्यासमा हवाई लक्ष्य पत्ता लगाउने र ट्र्याक गर्ने, हवाई क्षेत्र उल्लङ्घन गर्ने विमानलाई रोक्ने र उनीहरूलाई तोकिएको एयर फिल्डमा अवतरण गर्न बाध्य पार्ने विषयमा केन्द्रित रहेको काजकिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

यस अभ्यासको उद्देश्य वायु रक्षा बलको समन्वय, लडाइँको तयारी र परिचालन क्षमता अभिवृद्धि गर्नु रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया