मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

‘प्रथम कोहलपुर कोहलपुर भलिबल प्रतियोगिताः ६ वटा टिम विजयी

प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल रोयल ढकेरी र खजुरा युनाइटेडबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कोहलपुर । ‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ को तेस्रो दिन शनिबार ६ वटा खेल सम्पन्न भएका छन् । कोहलपुर न्यूरोडस्थित खुला मैदानमा जारी प्रतियोगितामा सहभागी ६ वटा टिमले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल रोयल ढकेरी र खजुरा युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो ।

रोयल ढकेरीले खजुरा युनाइटेलाई २–१ सेटले हराएको छ । पहिलो सेट २५–१४, १२–२५ र १६–१४ ले रोयल ढकेरीले खजुरालाई हराएको हो ।
प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेल भने बागेश्वरी बहुमुखी क्याम्पस र ब्राइटलाइट एकेडेमीबीच भएको थियो । ब्राइटलाइटले एक सेट गुमाउँदै बागेश्वरीलाई हराएको छ । पहिलो सेट २७–२९, २५–२२ र १६–५ ले ब्राइटलाइट विजयी भएको हो ।

तेस्रो दिनको तेस्रो खेलमा ट्री गार्डेन बैजनाथ र कोहलपुर नगरपालिका कर्मचारीबीच प्रतिस्पर्धा भएको थियो । कोहलपुर नगरपालिका कर्मचारी टिमले ट्री गार्डेन बैजनाथलाई सोझो दुई सेटले हराएको हो । पहिलो सेट २५–२२ र २५–२१ ले हराएको थियो । चौथो खेल भने ग्रिन पिस र जन ज्ञान ज्योतिबीच प्रतिस्पर्धा भएको थियो । जन ज्ञान ज्योतिलाई ग्रिन पिसले सोझो २–० सेटले हराएको हो । पहिलो सेट २५–२३ र २५–१६ ले हराएको थियो ।

पाँचौँ खेल भने बैजनाथ गाउँपालिका र भेरी प्राविधिक शिक्षालयबीच प्रतिस्पर्धा भएको थियो । भेरी प्राविधिकलाई २–१ को सेटले बैजनाथ गाउँपालिकाले हराएको हो । बैजनाथले पहिलो सेट २५–१६, २०–२५ र १६–१४ ले हराउँदै विजयी हासिल गरेको थियो ।

तेस्रो दिनको अन्तिम र छैटौँ खेलमा भने नमुना विद्या सदन र खजुरा युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो । खजुरालाई २–१ को सेटमा हराउँदै नमुना विद्या सदन विजयी भएको हो । खजुरालाई पहिलो सेट २३–२५, २५–८ र १७–१५ ले हराउँदै नमुना विद्या सदनले खेलको सुखद अन्त्य गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार