कार्तिक ८, २०८३ आइतबार October 25, 2026

गाईभैँसीमा थुनेलो रोग

जिल्लाका चार स्थानीय तहमा ५०० गाईभैँसीको थुनेलो परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पर्वत, १५ फागुनः भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ ।

व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका सातवटै पालिकामा पुगेर थुनेलो परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको हो ।

स्थानीय तहको सहकार्यमा व्यावसायिक रुपमा गाईभैँसीपालन गरिरहेका किसानको गोठमा पुगेर गाईभैँसीमा लाग्ने थुनेलो परीक्षण गरी आवश्यक औषधि उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाको विहादी, पैँयू, मोदी, जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेर गाईबस्तुको स्वास्थ्य परीक्षण गरेको छ । जिल्लाका चार स्थानीय तहमा ५०० गाईभैँसीको थुनेलो परीक्षण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यलयका अनुसार ५०० गाईभैँसीमा गरिएको थुनेलो परीक्षणमा १५० गाई भैँसीमा थुनोलो रोगको सङ्क्रमण भेटिएको छ । थुनेलो परीक्षणसँगै गाईबस्तुको गर्भ परीक्षण, कृत्रिम गर्भाधानमा देखिएका समस्या समाधानलगायका बारेमा गोठमै पुगेर प्राविधिकले उपचार गरेका हुन् । रोग लागेका पशु चौपायाको लागि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ । स्थलगत रुपमा गोठमै पुगेर प्राविधिक सेवा पाउँदा किसानहरुले आफूहरुलाई धेरै राहत पुगेको बताएका छन् ।

पहिले पहिले यस्ता खालका रोग लाग्दा उपचार नपाएर भैँसी मासुका लागि बिक्री गर्ने गरेको र गाई छाडा छाड्नुपर्ने अवस्थ भएकोमा अहिले उपचारसेवा पाएपछि फाइदा पुगेको जलजला–८ फर्सेका भक्तबहादुर केसीले बताउनुभयो । कार्यालयले दोस्रो चरणको अभियानअन्तर्गत फलेवास नगरपालिका र कुश्मा नगरपालिकाका व्यावसायिक किसान तथा फार्ममा पुगेर गाईबस्तुको उपचार गर्ने योजना रहेको जनाएको छ । कृषकको सहजताका लागि हरेक वर्ष दुई चरणमा गाईभैँसी, बाख्राको स्वास्थ्य परीक्षण गरेको छ । पर्वतमा यसअघि सबै पशुलाई पूर्ण खोपसमेत लगाइसकिएको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार
कङ्गोमा नेपाली महिला शान्ति सैनिकको प्रशंसा, नागरिक सुरक्षामा अनुकरणीय योगदान
२०८३ कार्तिक ८, आइतबार
भोटेकोशी बाढीमा बेपत्ता सैनिक चन्दको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि
२०८३ कार्तिक ८, आइतबार
एसिया कपमा छनोट भएका क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने क्यानको घोषणा
२०८३ कार्तिक ८, आइतबार