असोज ३०, २०८३ शुक्रबार October 16, 2026

खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील

प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खोटाङ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार १२० मतदाता छन् ।

जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए । संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उनले बताए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा. हरि रोका, नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङको उम्मेदवारी परेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ, राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँका उम्मेदवारले ग्रामीण क्षेत्रको विकाससँगै स्वास्थ्य, शिक्षा, श्रम, वैदेशिक रोजगारलगायत क्षेत्रमा सुधार गर्दै सुशासन कायम गराउने प्रतिबद्धता जनाएका छन् । किसानका समस्या समाधान गर्ने नीति निर्माण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, भ्रष्टाचार अन्त्यका लागि योजनाबद्ध काम गर्ने, कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिनेलगायत एजेण्डा लिएर उम्मेदवार घरदैलो गरिरहेका छन् । मतदाताले पनि जनहितमा काम गर्नेलाई मतदान गर्ने बताउँदै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति
२०८३ असोज ३०, शुक्रबार
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
२०८३ असोज ३०, शुक्रबार
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत
२०८३ असोज ३०, शुक्रबार
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
२०८३ असोज ३०, शुक्रबार